यौन समस्याका विषयमा महिलाहरु

-लक्ष्मी भण्डारी
हामी खुलेर यौनका विषयमा कुरा गर्न धक मान्छौं। यस्ता कुरा गरेको कसैले थाहा पाए भने के सोच्लान् वा के भन्लान् भन्नेतर्फ हामी बढी केन्दि्रत हुन्छौं। पढे-लेखेका शिक्षित र सूचनाको पहुँच पुगेका व्यक्तिहरूसम्म पनि यो विषयमा कुरा गर्नुलाई उच्छृंखलताको संज्ञा दिन पछि पर्दैनन्। यसलाई बन्द कोठाभित्रको विषय बनाइनुले ठूला विपत्तिहरूको सामना गर्नुपरेका तथ्यहरू यसपटकको बहसमा निम्त्याइएका विशेषज्ञहरूबाट सुन्ने अवसर मिल्यो। जस्तै-एचआइभी एड्स, विभिन्न यौन रोग, व्यक्ति स्वयं मानसिक रूपमा कमजोर बन्दै जाने आदि। नेपाली समाजमा त यस विषयमा बहस र छलफल गर्नुलाई समस्याकै रूपमा लिइन्छ। तीव्र इच्छा हुँदा-हुँदै पनि महिलाहरू अझसम्म पनि यस विषयमा श्रीमान्सँग खुलेर कुरा गर्न हच्किन्छन् तर श्रीमान्को इच्छामा भने उनीहरू समर्पित हुन्छन् जसले गर्दा शारीरिक तथा मानसिक असन्तुलन उत्पन्न हुन्छ। फलस्वरूप महिलामा दिक्क लाग्ने, तनाव हुने, अल्छी लाग्ने, काम गर्न जाँगर नहुने विविध समस्या देखा पर्न थाल्छन्। नारीको यो बहसका क्रममा महिलाहरू यो विषयमा पछि पर्नुमा समाज, संस्कृति र धर्मलाई कारक मानियो।

अम्बिका प्रधान , सञ्चारकर्मी
नेपाल वानले रात परेपछि कार्यक्रम चलाउन प्रस्ताव गर्दा मलाई केही धक लागेको थियो। कस्तो प्रतिक्रिया आउला, मलाई समाजले कसरी हेर्ला भन्ने सोचेर केही डर लागेको थियो। मेरा कतिपय सहकर्मीले पनि तिमीले यस्तो कार्यक्रम चलाएको ? भन्ने प्रश्न गर्थे तर मलाई हामीजस्ता सञ्चारकर्मीले आवाज नउठाए कसले उठाउने, सञ्चारकर्मीले खाली मनोरञ्जनात्मक कार्यक्रम चलाएर मात्र हुंदैन केही नौलो र सूचनामूलक कार्यक्रम चलाउनुपर्छ भन्नेे लाग्यो। उक्त कार्यक्रममा नाम परविर्तन गरेर फोन आउँथ्यो। जसमा श्रीमान्-श्रीमतीमा यौनका विषयमा मनमुटाव, महिलाको चाहना नहुँदा-नहुँदै पनि पुरुषले यौन सम्पर्क राख्ने तथा योनिबाट सेतो पानी बग्ने समस्या भए पनि श्रीमान्सँग साझेदार नगर्ने जस्ता समस्या बढी थिए। यौनलाई व्यक्त नहुने विषय बनाइएको छ र त यस्ता समस्या आए। कार्यक्रमका सिलसिलामा मैले यौनलाई दरलिो सम्बन्ध, कदर गर्ने, भावनात्मक रूपमा हेर्ने प्रचलन फेला पार्न सकिन। बरू सयमा ६५ जोडीको यही कारणले सम्बन्धविच्छेद हुने तथ्य फेला पर्‍यो। यसलाई खुलेर बहसमा ल्याउन सके यस्ता समस्या नै रहँदैनन्। यसभित्र सामाजिक मर्यादा, विश्वास एवं भावना हुनुपर्छ। उक्त कार्यक्रम चलाएपछि अर्कै दृष्टिबाट हेर्ने, अनावश्यक प्रश्न सोध्ने मान्छेहरू पनि भेटिए तर मैले महिला-पुरुषको विभेदका सम्बन्धमा व्याख्या गरेर मानिस र पशुबीचको भिन्नता छुट्याउन आग्रह गरें। यसबाट पनि प्रस्ट हुन्छ कि महिलाहरूका लागि स्थिति कति असहज छ ? यो विषयलाई दुर्घटनाका रूपमा फैलन नदिन स्पष्टताको आवश्यकता छ। यसलाई सञ्चारमाध्यमले व्यापक छलफलको विषय बनाउनुपर्छ। सरकारले पनि यो समस्यालाई गम्भीर रूपमा लिएर कार्यक्रमहरू ल्याउनुपर्छ। Read the rest of this entry »

Leave a Comment

किन टुट्छ सम्बन्ध ?

भगवानको सुन्दर सृष्टि माया, प्रेम जसको अभावमा संसार अधूरो हुन्छ । भर्खर जन्मिएको शिशुलाई यो संसारमा बाँच्नका लागि आमाको माया महत्त्वपूर्ण हुन्छ । त्यस्तै जीवनमा साथ दिनका लागि जीवनसाथीको प्रेमको आवश्यकता पनि उति नै महत्त्वपूर्ण हुन्छ । ओशोका अनुसार प्रेमभन्दा ठूलो कुनै विद्यालय छैन । त्यो प्रेम नै हो, जसले तपाईंलाई अरूसँग तथा अरूलाई तपाईंको सामीप्यमा ल्याउँछ ।

यद्यपि हाम्रो समाजमा त्यस्ता व्यक्तिको कमी छैन, जो नबुझेर हो अथवा प्रेममा दिनुपर्ने त्याग तथा बलिदानसँग डराएर हो, प्रेमदेखि टाढा भाग्न खोज्छन् । उनीहरू प्रेमको भावनालाई आफ्नो अगाडि आउन नदिन अनेक बहाना गर्छन् । प्रेमले मानिसलाई संसारभरको मीठो अनुभूति दिन्छ भने त्यो प्रेम नै हो जसले मानिसलाई मृत्युको सँघारसम्म पनि पुर्‍याउँछ । त्यो प्रेमको शक्ति नै हो जसमा हामी आफ्नो प्रेमका लागि संसारका सबै सुख हाँसी-हाँसी त्याग्छौं । तर जब यो प्रेम नै स्वार्थी हुन्छ, त्यसबेला यो नाफा-नोक्सानमा सीमित हुन पुग्छ र प्रेमबाट केही पाउने आकांक्षा राख्छ । यस्ता आकांक्षा तथा स्वार्थ भएको प्रेमको आयु कम हुन थाल्छ । यस्ता कम आयु हुने प्रेम साधारण व्यक्तिदेखि नेपाली चलचित्रका नायिकाहरूमा पनि छ । हामीले ती नायिकाहरूलाई सोधेका थियौं, आखिर के कारणले टुट्छ सम्बन्ध ?

सानोपर्दाबाट लोकपि्रयता कमाएकी नायिका सौजन्य सुब्बाको विचारमा माया-प्रेमको स्थान जब शंका तथा असमझदारीले लिन थाल्छ त्यहाँ प्रेमभन्दा घृणाले स्थान पाउँछ । सौजन्यले पनि आफ्ना श्रीमान्सँग सुमधुर जीवन बिताउने सपना सजाएर लामो समयको प्रेमलाई वैवाहिक बन्धनमा परिवर्तन गरेकी थिइन्, तर उनले वैवाहिक जीवनको सुमधुर सपनाको अनुभव राम्रोसँग बटुल्न पनि नपाउँदै वैवाहिक जीवनलाई पूर्णविराम लगाउनुपर्ने स्थिति सिर्जना भयो । सरकारी कर्मचारी श्रीमान्ले सौजन्यको पेसाप्रति गरेको शंका तथा असमझदारी नै उनीहरूको सम्बन्धविच्छेदको कारण बन्न पुग्यो । त्यसैले श्रीमान्-श्रीमती दुवैले एक-अर्कालाई विश्वास गर्ने, एक-अर्कामा समझदारी तथा भावना बुझ्ने भए मात्र वैवाहिक जीवन सफल हुनसक्छ भन्ने धारणा सौजन्यको छ । समाजले के भन्छ भनेर श्रीमान्-श्रीमतीले सम्झौताको जीवन बाँच्नुभन्दा स्वतन्त्र भएर खुसी रहनु राम्रो भन्ने उद्देश्य बोकेर आफूहरू छुट्टएिको सौजन्य बताउँछिन् । लामो समय सँगै रहँदा कहिले पनि अन्य कुरामा कुनै गुनासो तथा झगडा नहुने यो दम्पतीले तीन दिनभित्र छुट्टनिे निर्णय गरेको सौजन्यले बताइन् । जीवनमा आफूले सोचेजस्तो नहुने भएकाले अबको दिनमा आउने हरेक सुख-दुःखलाई उनी साहसपूर्वक स्वीकार गर्ने बताउँछिन् । सम्बन्धविच्छेद गरेको सुरुका दिनदेखि नै आफूले कुनै गल्ती नगरेको सोच बनाउँदै आएकी सौजन्यलाई आफ्नो सम्बन्धविच्छेद भएकोमा कुनै पश्चाताप छैन । भविष्यको कुरा भविष्यलाई नै छोड्न रुचाउने सौजन्य एक्लो जीवन बाँच्न नसक्ने कुरामा पनि उत्तिकै विश्वस्त छिन् । उनी भन्छिन्— ‘जीवनमा जीवनसाथीको साथको आवश्यकता जहिले पनि खड्किन्छ ।’ तर अहिल आफ्नो क्यारियर विकास गर्नेतिर सोचाइ रहेकाले अर्को विवाह अथवा त्यस्तो कुनै कुराको योजना नरहेको सौजन्यको धारणा छ ।
Read the rest of this entry »

Leave a Comment

स्टाईल आ-आफ्नै !

त्यस्ता कमै व्यक्ति होलान् जो फेसनअनुसार आफूलाई प्रस्तुत गर्न नचाहँदा हुन् । हरेक व्यक्तिलाई फेसनेबल हुने तथा फेसनअनुसार पहिरन र मेकअपमा सजिने चाहना हुन्छ । समयसँगै फेसन पनि दिन प्रतिदिन परविर्तन भैरहेको छ । त्यस्ता फेसनलाई जनसमक्ष पुर्‍याउन फेसनसम्बन्धी कार्यक्रमहरू पनि भैरहेका छन् । फेसनमा आएको परविर्तनका कारण आज चलेको फेसन भोलि नै पुरानो भैसक्छ । त्यसको प्रतिफल बजारमा नयाँ-नयाँ उत्पादनहरू देखापर्न थाल्छन् । अझ नाम चलेका व्यक्तित्वहरूले ती फेसनेबल पहिरन तथा एसेसरजिहरू प्रयोग गरिदिए भने त त्यसले जनमानसमा तुरुन्तै प्रभाव पार्ने गरेको छ । दर्शकहरू सेलिब्रेटीका हाउभाउप्रति तुरुन्तै आकषिर्त हुन्छन् । उनीहरूले लगाउने हरेक पहिरन, फेसन तथा हाउभाउ स्टाइल बन्छ । उनीहरूको जीवनसँग जोडिएका हरेक कुरा थाहा पाउन र त्यही कुरा अप्ानाउन हरेक व्यक्ति इच्छुक देखिन्छन् । नेपाली सेलिबे्रटीहरू ‘स्टाइल मन्त्र’ का बारेमा कस्तो धारणा व्यक्त गर्छन् त ?

गायिका प्रश्ना शाक्यको विचारमा समयअनुसार चलनचल्तीको पहिरन लगाउनु नै फेसन हो । उनी प्रायःजसो साधारण मेकअप तथा पहिरनमा हिँड्न रुचाउँछिन् तर पार्टीलगायत अन्य विशेष समारोहमा जानुपर्दा पहिरनमा केही परविर्तन गर्छिन् । उनी पार्टीमा ग्लसी मेकअपमा सिंगारनि मनपराउँछिन् । प्राश्ना आफ्ना मेकअप सामग्री तथा पहिरन न्यूरोडका पसलमा किन्छिन् । प्राश्ना एसेसरजिमा घडी तथा औंठी लगाउँछिन् । मोतीको माला तथा साइनिङ भएका इयर रङि विशेष अवसरमा जाँदा लगाउने गरेको प्राश्ना बताउँछिन् ।
कुनै पनि कुराले आफूलाई सुहाउँछ तथा सजिलो अनुभव गराउँछ भने त्यसलाई नयाँ तरकिाले प्रस्तुत गर्नु नै फेसन हो भन्ने धारणा नायिका अरुणिमा लम्सालको छ । सामान्यतया बिनामेकअपमा हिँड्न रुचाउने अरुणिमा जिन्स र टिसर्टमा आफूलाई सहज अनुभव गर्छिन् । समारोहअनुसारको पहिरन मिलाएर लगाउन खप्पिस अरुणिमालाई पार्टीर्हरूमा सुट, स्कर्ट र साडीमा आफू सुन्दर देखिएको अनुभव हुन्छ । आफ्नो सुन्दरताका लागि प्रयोग हुने पहिरन तथा मेकअप सामग्री किन्न विशेष समय नछुट्याए पनि उनी घुम्न जाँदा मनपरेको सामान कुनै पनि पसलबाट किन्न रुचाउँछिन् । साधारण, लामो र सिल्की केश मन पराउने अरुणिमालाई एउटा विशेष ब्रान्डका उत्पादनहरू मन पर्छन् ।
टेलिसिरयिलमा आफ्नो जादु छोड्न सफल नायिका सौजन्य सुब्बा समयअनुसार फेसनेबल हुन मन पराउँछिन् । सजिलो र सुहाउने गरी लगाएको मेकअप र पहिरन नै फेसन हो, उनी फेसनलाई यसरी नै परभिाषित गर्न रुचाउँछिन् । गाजल र ग्लस सधै लगाउने सौजन्य सुब्बालाई गरगहनामा औंठी तथा कानमा सानो रङिको प्रयोग सहज लाग्छ । कुर्ता र साडीमा उमेरभन्दा ठूलो देखिने भएकाले उनी हाफ पाइन्ट, पाइन्ट र स्कर्ट लगाउन मन पराउँछिन् । यी पहिरनहरू उनी मैतीदेवीमा किन्छिन् । जुत्ता तथा व्यागकी पारखी सौजन्य राम्रो तथा नयाँ डिजाइन देख्नासाथ ती सामान किनिहाल्छिन् । सेतो रंग विशेष मन पराउने सौजन्यलाई विशेष समारोहमा साधारण रूपमै सहभागी हुन रमाइलो लाग्छ । पहिरनमा त्यति ध्यान नदिने सौजन्य केशको श्रृंगारमा भने विशेष चासो राख्छिन् । उनी पार्टीमा जाँदा केश ब्लो ड्राई अथवा आइरन गर्न रुचाउँछिन् । मेकअप कीट, ग्लस तथा घरमा बनेको गाजल उनी नियमित प्रयोग गर्छिन् । Read the rest of this entry »

Leave a Comment

प्रथम नेपाली महिलाहरु

महिलालाई घरको कामकाजी नोकरकै हैशियत भन्दा खासै फरक नपर्ने स्थानमा राख्ने पुरुष प्रधान देश नेपालमा महिला अधिकारका बारेमा आवाज उठ्न थालेपछी अहिले आएर र बिस्तारै महिला शशक्तिकरणका बारेमा कुरा उठ्न र उठाउन थालिएको छ , पहिलेको समाज हेरी अहिलेको समाजमा राष्ट्रिय राजनीति देखि कर्मचारी सम्म महिलाको उपस्थिति उल्लेख्य रुपमा वृद्धि हुन गैरहेको छ , तर पनि केहि एतिहासिक महिला हरु पनि छन जसले नेपालकै पहिलो महिलाको रुपमा आफ्नो नाम ईतिहासमै लेखाउन सफल बनेका थिए , आउनुस ति महिलाहरु को को हुन् हेरौ …
१। पाइलट – रक्षा राणा
२। गीतकार – कोइली देवी
३। साहित्य – दुर्गादेवी आदी
४। चित्रकार – उर्मिला उपाधयाय / सुश्री प्रमिला गिरी
५। सम्पादक – कु. कामाक्ष बस्नेत / कु. साधना प्रधान
६। टाइपिष्ट – ज्ञानु सिहं
७। डाक्टर – राजबाई राणा
८। डाक्टर(मुस्लिम) – रोशन आरा खाँ
९। रिक्सा चालक – सानोदेवी कुनुइन
१०। साहित्य विद्यावारिधि – डा. वानिरा गिरी
११। एम. ए. – सिद्धि शाह / जयकला देवी
१२। रेडियो गायिका – रानुदेवी अधिकारी
१३। सिनेमा अभिनेत्री – भुवन थापा
१४। प्रहरीमा भर्ना – सरस्वती उपाध्याय
१५। पि. एच. डि गर्ने – प्रभा बस्नेत
१६। त्रि. बि. बि. वाट पि. एच. डि गर्ने – विनु लोहनी
१७। त्रि. बि. बि. को कुलपति – श्री ५ कान्ती राज्य लक्ष्मी शाह
१८। राजनीतीमा एम. ए. – न्यायपाल राज्य लक्ष्मी शाह
१९। एम वि ए प्रथम श्रेणी उत्तीर्ण- राधा बराल(फिलिपिन्स)
२०। मदन पूरस्कार पाउने – पारिजात
२१। इन्द्र राज्य लक्ष्मी पूरस्कार पाउने- नारायणदेवी प्रधान
२२। महेन्द्र बिद्याभुषण पाउने- साबित्री सिंह
२३। गोरखापत्रमा छापिएको तस्वीर- सुर्यमति श्रेष्ठ
२४। चलचित्रमा सङ्गीत दिने – शान्ति ढकाल
२५। सार्वजनिक दिब्यज्योति व्रेल पुस्तकालय आफ्नो सक्रियतामा स्थापना गर्ने – सुश्री कमला क्षेत्र
२६। शिक्षशास्त्रमा पि एच डि गर्ने- डा. लीलादेवी के सी
२७। एम एस्सी गर्ने- बिजया उपाध्याय
२८। राजदुत- विन्देश्वरी शाह
२९। शिक्षीका – चन्द्रकान्ता मल्ल
३०। नर्स – रुपकुमारी गुरुङ
३१। प्रधान पञ्च -सान्ता पोख्रेल
३२। एम पि ए गर्ने – रिता थापा
३३। मन्त्री – द्वरिकादेवी ठकुरानी
३४। ल्याप्रोस्कोपी बन्ध्याकरण प्रारम्भ -डा. कान्ति गिरी
३५। लाइव्रेरियन -शान्ति मिश्र
३६। ते-क्वान-दो मा blackbelt -सुश्री सुधासेन बलि
३७। प्रथम सगरमाथा पुग्ने -पासाङ ल्हामु शेर्पा

Leave a Comment